ब्युँतियो अनेरास्ववियू , पुरानै पदाधिकारी पुनर्जीवित

चैत,१३ काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित भएको नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन पुनः अनेरास्ववियू (क्रान्तिकारी) को रुपमा ब्यूँतिएको छ । बिहीवार बसेको पदाधिकारी बैठकबाट सो निर्णय भएको हो । यसअघि एमाले निकट अनेरास्ववियुसँगको एकताबाट एकीकृत संगठनको नाम अनेरास्ववियू रहेको थियोे । अनेरास्ववियू (क्रान्तिकारी) ब्यूँतिएपछि पुरानै पदाधिकारी टोली पनि पुनर्जीवित भएको छ ।