एमालेको संसदीय दलको बैठक बस्दै

चैत, १३ काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ।
नेकपा एमालेभित्रको विवाद विभाजनतर्फ अघि बढिरहेका बेला संसदीय दलको बैठक बस्न लागेको हो ।

बैठकमा चालु अधिवेशनलाई कसरी प्रभावकारी बनाउने र सांसद्हरूको विकास बजेट खर्चको सन्दर्भमा छलफल हुने बताइएको छ ।

एमाले चुनाव चिन्ह लिएर सांसद् बनेका सबैलाई बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् ।

दलको बैठकमा नेता माधवकुमार नेपाल पक्ष सांसदहरू जाने कि नजाने भन्ने टुङ्गो लाग्न बाँकी छ।