सुनको मूल्य : तोलामा ६ सय रुपैयाँ घट्यो

चैत, १३ काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सयले गिरावट आएको छ ।

बिहीवार प्रतितोला छपावाला सुनको मूल्य ८६ हजार ९ सय रहेको थियो । आज मूल्य कमि भइ प्रतितोला छापावाला सुनको मूल्य ८६ हजार ३ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज प्रतितोला तजावी सुनको मूल्य ८५ हजार ८ सय ५० रहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा भने स्थिरता देखिएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य १२ सय ३० रहेको थियो । भने आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।