चैत, १५ काठमाडौँ महानगरपालिकाले प्राङ्गारिक मल बन्ने र नबन्ने फोहर छुट्याएर मात्र सङ्कलन गर्ने भएको छ । फोहर सङ्कलनलाई थप व्यवस्थापन गर्नका लागि आगामी वैशाखदेखि कामपा–४ बाट यस कार्यको थालनी गर्न लागेको हो । शनिबार यहाँ कामपा–४ ले आयोजना गरेको कार्यक्रममा प्रदेशसभा सदस्य नारायण सिलवालले मेलम्चीको पानीको काठमाडौंँमा पानीको समस्या समाधान गर्ने उल्लेख गर्दै घरघरमा फोहर छुट्याउन थाले फोहर समस्या पनि समाधान हुने बताए ।
काठमाडौँ महानगरपालिकाले प्राङ्गारिक मल बन्ने र नबन्ने फोहर छुट्याएर मात्र सङ्कलन गर्ने भएको छ । फोहर सङ्कलनलाई थप व्यवस्थापन गर्नका लागि आगामी वैशाखदेखि कामपा–४ बाट यस कार्यको थालनी गर्न लागेको हो । आज यहाँ कामपा–४ ले आयोजना गरेको कार्यक्रममा प्रदेशसभा सदस्य नारायण सिलवालले मेलम्चीको पानीको काठमाडौंँमा पानीको समस्या समाधान गर्ने उल्लेख गर्दै घरघरमा फोहर छुट्याउन थाले फोहर समस्या पनि समाधान हुने बताए ।
वाग्मती सफाइ अभियानमा अहिलेसम्म २० हजार मेट्रिकटन फोहर झिकेर व्यवस्थापन गरिएको प्रसङ्ग उल्लेख गर्दै अभियन्ता एवं पूर्वमुख्य सचिव लीलामणि पौडेलले भन्नुभयो, “घरबाट फोहर छुृट्याउने विधि शुरुदेखि नै पालना गरिएको भए कम लगानीमा नदी सफाइ र शहरको फोहर व्यवस्थापन काम हुने थियो ।”
वैशाखको १ गतेदेखि निश्चित टोल सुधार क्षेत्रबाट अभियान थाल्ने बताउँदै नेप्सेम्याक सेवा प्रालिका प्रवन्धक मीत्र घिमिरेले अभियान थालिएका ठाउँमा फोहर वर्गीकरण नभए सङ्कलन नगरिने योजना रहेको उल्लेख गरे ।
वडाभित्र श्री प्रतिष्ठान तथा मिलीजुली टोलसुधार समिति, सारा, दीपज्योती मार्ग, महालक्ष्मी, आशिष मार्ग, पञ्चकुमारी, चुनदेवी, मिलीजुली चुनदेवी गैरी, टुसाल, सरस्वती टोलसुधार समितिसहित क्लव र उपभोक्ता समिति छन् । जाल्पादेवी, शिवप्रिया मार्ग, तल्लो बालुवाटार र जनमार्ग उपभोक्ता समितिले वडामा काम गरिरहेका छन् ।
यसैगरी, धुम्रवराह, जागरण र पञ्चकन्या युवा क्लव सक्रिय छन् । विशाल मिलन केन्द्र र महिला जागरण समिति पनि वडाका सक्रिय सामाजिक सङ्घसंस्था हुन् । यी नै टोल सुधार समिति, उपभोक्ता समिति र युवा क्लवको सहयोगमा प्राङ्गारिक मल बनाउन सक्ने र नसक्ने फोहर छुट्याउने अभियान थालिने भएको हो ।






