तत्कालै संसद बैठक अन्त्य गर्ने पक्षमा सरकार

चैत, १६ काठमाडौं । सरकारले संसद बैठक स्थगन गर्ने तयारी थालेको छ ।

बैशाखमै बजेट अधिवेशन सुरु गर्नुपर्ने भएकाले जारी बैठक तत्काल स्थगन गर्ने तयारी भइरहेको बालुवाटार स्रोतले बतायो ।

‘प्रधानमन्त्री केपी शर्मा ओली तत्कालै संसद बैठक अन्त्य गर्ने पक्षमा रहेको स्रोतले जनाएको छ ।,