महोत्तरीमा ८ जना किशोरी बेपत्ता

चैत, १८ महोत्तरी ।

महोत्तरीको भंगहा नगरपालिका–८ की ८ जना किशोरी बेपत्ता भएकी छन् । मंगलवार दिउँसो २ बजे घांस काट्न गएकी उनीहरू राति १० बजेसम्म समेत नफर्किएको परिवारले जनाएको छ ।

बेपत्ता हुनेमा १८ वर्षीया अस्मिता पासवान, नगिना पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १३ वर्षीया ज्योति पासवान, १० वर्षीया रञ्जना पासवान, सीमा पासवान र रचना पासवान रहेका छन् । उनीहरू सबै एउटै टोलका हुन् ।

उनीहरू बेपत्ता भएको खबरले अहिले गाउँमा त्रास फैलिएको छ ।