चैत, २० काठमाडौं । आज राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गरि उद्घाटन गर्ने भएकी छिन् ।
भृकुटीमण्डपमा राष्ट्रपति भण्डारीले पानीको धारा खोलेपछि मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन हुनेछ । उद्घाटन दिउँसो २ बजे तालिका ।
राष्ट्रपति भण्डारीले भृकुटीमण्डपबाट पानी वितरणको औपचारिक उद्घाटन गरेपछि आजदेखि काठमाडौंबासीका धारा धारामा मेलम्चीको पानी आउनेछ ।
उद्घाटन भएपछि धारा जडान भएका सबै ठाउँमा मेलम्चीको पानी आउनेछ ।







