चैत, २२ काठमाडौं । माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ ।
बैठकमा नयाँ सत्ता समीकरणका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने बुझिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सत्ता समीकरणका लागि जाने निर्णय गरिसकेको अवस्थामा माओवादी केन्द्रले भने अझै केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता भएको छैन ।
यस विषयमा आइतबारको बैठकमा छलफल हुने र सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा पनि छलफल हुने एक नेताले बताए ।
प्रधानमन्त्री ओलीले माओवादीले समर्थन फिर्ता लिए आफू राजीनामा दिन तयार रहेको शनिबार नै भनिसकेका छन् ।







