चैत, ३० काठमाडौं । भारतमा कोरोना भाइरस को दोस्रो लहर भयावह बन्दै छ । कोरोना संक्रमणको दोस्रो लहर चलेसँगै भारतमा हरेक दिन थपिने संक्रमितको संख्याले नयाँ रेकर्ड बनाउँदै गएको छ। आइतवार मात्र १ लाख ७० हजार संक्रमित थपिएका छन् भने ९ सय ४ जनाको मृत्यु भएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो। योसँगै भारतले ब्राजिललाई पछाडि पार्दै दोस्रो नम्बरमा पुगेको छ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनाबाट ९ सय ४ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७० हजार २०९ पुगेको छ।







