भदौ २८, बाग्लुङ ।
जिल्लामा पहिरो जाँदा एक वृद्धाको मृत्यु भएको छ । जैमिनी नगरपालिकाको कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको ज्यान गएको हो ।
मृत्यु हुनेमा ६० वर्षिया लक्ष्मी पौडेल छिन् । घर माथिबाट आइतबार बिहान ५ बजे आएको पहिरोमा पुरिएर उनको मृत्यु भएको हो । पौडेलका श्रीमान ७० वर्षिय मणीभद्र पाध्या गम्भीर घाइते भएका छन् ।
उनको उपचार कुश्मीशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको छ । बाग्लुङ–कुश्मीशेरा सडक निर्माणका क्रममा लगाइएको तारजाली सहितको पहिरोले त्यहाँका तीन घरमा क्षति पुर्याएको स्थानीय केदार पौडेलले जानकारी दिए ।
पहिरोको थप विवरण आउन बाँकी छ । प्रहरी चौकी कुश्मीशेराको टोली घटनास्थलतर्फ लागेको प्रहरीले जनाएको छ ।
(रासस)
(फाइल फोटो)







