सर्वदलीय बैठक सुरु

वैशाख, ४ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको ‘सर्वदलीय बैठक शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल र एमालेकै माधव नेपाल–झलनाथ खनालको सहभागिता रहेको छैन ।

यस्तै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि बैठकमा गएका छैनन् ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, जसपाबाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राप्रपाबाट प्रकाशचन्द्र लोहनीका साथै जनमोर्चाको प्रतिनिधि पनि रहेको बताइएको छ ।