वैशाख, ६ काठमाडौं । आज नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी को बैठक बस्दै छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बैठक सोमबार दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।
नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले २६१ जनालाई बैठकमा बोलाइएको र उनीहरुलाई बैठकका एजेण्डाबारे पनि जानकारी गराइएको बताए ।
एमालेका अनुसारसो बैठकमा राजनीतिक प्रतिवेदन, महाधिवेशनको तयारी, उपनिर्वाचनको तयारीलगायतका विषयमा छलफल हुनेछ ।







