कपिल अधिकारी
रुपन्देही । जसपाका चार सांसदलाई थपेर मुख्यमन्त्री शंकर पोखरेलले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको दुई घण्टा नबित्दै पोखरेलले जसपालाई आफू नेतृत्वको सरकारमा सामेल गराएका हुन्।
प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझीलाई सपथ गराएका छन् ।
सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई विभाजन गरेर थपिएका ४ मन्त्री र हेरफेर भएका ३ जना मन्त्रीलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा सपथ ग्रहण गराईएको हो ।
पुनर्गठित मन्त्रिमण्डलः
सन्तोष पाण्डे – भौतिक पूर्वाधार मन्त्रालय
बैजनाथ चौधरी थारु–आर्थिक मामिला तथा योजना मन्त्रालय साथै ग्रामीण तथा शहरी विकास मन्त्रालय
लीला गिरी–उद्योग मन्त्रालयको सट्टामा आन्तरिक मामिला तथा कानून र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
आरती पौडेल–कृषि मन्त्रालयको सट्टामा उद्योग वन तथा वातावरण मन्त्रालय
कल्पना पाण्डे –शिक्षा तथा सामाजिक विकास मन्त्रालय
विजयबहादुर यादव –भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
र सुमन शर्मा रायमाझी –भौतिक पूर्वाधार राज्यमन्त्री
उनीहरुले विभिन्न मन्त्रालयको जिम्मेवारी दिइएको छ ।







