वैशाख, ७ काठमाडौं । हिजो १ बजेका लागि बोलाइएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक एकाएक स्थागागित भएको थियो ।
बैठक अन्तिम समयमा आएर आज दिउँसो १ बजेका लागि सारिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन बैठक बोलाइएको बताइएको छ । नेकपा माओवादी केन्द्र कांग्रेस, जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सत्ता समीकरण बनाउने पहलमा जुटिरहेको छ ।
यसका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केहिपल्ट कांग्रेस र जसपाका नेताहरुसँग छलफल समेत गरिसकेका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सत्ता समीकरण र सरकार गठनको प्रक्रिया अघि बढाउन समस्या हुने बताइरहेको छ ।







