वैशाख, १२ काठमाडौं । पछिल्लो विवरण अनुसार देशभर ३ हजार १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् ।
त्यस्तै काठमाडौं उपत्यकामा मात्र १ हजार ४ सय ९८ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार २ सय ९२ पीसीआर परीक्षणबाट आइतबार ३ हजार ३२ जना संक्रमित फेला परेको हो। त्यस्तै ७ सय ८६ एन्टिजेन परीक्षणबाट ९० जनामा संक्रमण पुष्टि भएको छ।
योसँगै पीसीआर र एन्टिजेन परीक्षणमा ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
थप संक्रमितसँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ८२ पुगेको छ। क्वारेन्टिनमा ६९ जना छन्। त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसियुमा २५२ र भेन्टिलेटरमा ६५ जना उपचाररत छन्।







