कोरोनाः भारतमा दैनिक नयाँ रेकर्ड, एकैदिन ३ लाख ५४ हजारमा संक्रमित

वैशाख, १३ काठमाडौं । भारतमा दैनिक कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायृम गरिरेको छ । पछिल्लो विवरण अनुसार वितेका २४ घण्टामा थप ३ लाख ५४ हजार ५३१ जनामा संक्रमण भेटिएसँगै नयाँ रेकर्ड बनेको हो ।

यसअघि (आइतबार) वैशाख १२ मा भारतमा दोस्रो धेरै ३ लाख ४९ हजार ३१३ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ७३ लाख ६ हजार ३०० पुगेको छ ।

यसत्ै, भारतको राजधानी नयाँ दिल्लीमा मात्रै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले ३५० जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप २२ हजार ९१३ जनामा नयाँ संक्रमित थपिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । संक्रमण बढेपछि दिल्लीमा लकडाउन लम्ब्याइएको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ४२ लाख ९६ हजार ६४० जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २८ लाख १४ हजार ५४४ छ ।