उर्जा मन्त्री रायमाझीलाई कोरोना संक्रमण, सैनिक अस्पताल भर्ना

वैशाख, १४ काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनलाई सोमबार कोरोना पुष्टि भएको सचिवालयले जनाएको छ ।
उनी हालै गृह जिल्ला अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएका थिए ।
रायमाझीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भएको सचिवलयले जनाएको छ ।