वैशाख, १६ काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीवार बढेर तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।
बिहीवार तेजावी सुन तोलामा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच बिहीवार चाँदीको मूल्य तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको छ ।







