वैशाख, १९ काठमाडौं । पछिल्लो विवरण अनुसार भारतमा वितेका २४ घण्टामा ३ लाख ९२ हजार ५ सय ६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
योसँगै कारोना संक्रमितको संख्या १ करोड ९५ लाख ४९ हजार ६ सय ५६ जना पुगेको छ ।
त्यस्तै, वितेका २४ घण्टामा कारोना संक्रमणका कारण ३ हजार ६ सय बढीको ज्यान गएको छ ।
गएको २४ घण्टामा भारतमा ३ हजार ६ सय ८८ जना कोरोना संक्रमितले ज्यान गुमाएसँगै मृतकको संख्या २ लाख १५ हजार ५ सय २३ जना पुगेको छ ।
भारतमा हाल ३३ लाख ५२ हजार ३ सय ६१ जना सक्रिय संक्रमित रहेका छन् ।







