वैशाख, २१ काठमाडौं । उपत्यकामा लकडाउन वैशाख २९ गते सम्मकालाथि थप गरियो ।
उपत्यकाका तीन जिल्लाका प्रमुखको बैठकले लकडाउन थपगर्ने निर्णय गरेको हो । २ दिन अघि मात्र मन्त्रिपरिषदको बैठकले २ हप्ता निषेधाज्ञा थप गर्न प्रशाशनलाई निर्देशन दिएको थियो।
यसको साथै आजको बैठकले उपत्यकामा बिहान १० बजेसम्म पसल खोल्ने समय घटाएर बिहान ९ बजे बन्द गराउने निर्णय गरेको छ। साँझ पसल खोल्न नपाईने भएको छ।
नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्ट बढेसँगै संक्रमण बढ्न नदिन सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी गरेको थियो।
सात दिनका लागि जारी गरिएको निषेधाज्ञा भोली राति १२ बजे सकिदैछ।







