थप ५५ जनाको कोरोना संक्रमणबाट मृत्यु, ७ हजार ६६० संक्रमित थपिए

वैशाख, २१ काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर उच्च छ । साथै मृत्युदरसमेत बढ्न थालेको छ । वितेका २४ घण्टाको विवरण अनुसार ७ हजार ६६० जना संक्रमित थपिएका छन् ।

त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको हो ।

६ हजार ७०२ पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

कूल मृत्यु ३४१७ पुगेको छ । कूल संक्रमित संख्या ३ लाख ५१ हजार पुगेको छ । सक्रिय संक्रमित संख्या ५९ हजार ७९८ पुगेको छ ।