थप ८ हजार ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि, थप ५२ जनाको मृत्यु

वैशाख, २६ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप ८ हजार ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१८ हजार सात सय ८७ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार सात सय ७७ जना र पाँच सय सात जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जना गरी आठ हजार आठ सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५२ जनाको संक्रमणबाट मृतयु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाउको छ ।