वैशाख, २९ काठमाडौं । फ्रन्ट लाइनमा खटिने पत्रकारहरुका लागि निम्बस नेपालले १० हजार थान मास्क उपलब्ध गराएको छ । बुधबार(आज) एक कार्यक्रमका बिच निम्बस नेपालका प्रवन्ध निर्देशक आनन्द बगरियाले महासंघको कार्यलयमा नै उपस्थित भइ मास्क वितरण गरेका हुन् ।
निर्देशक बगरियाले अहिलेको कठिन अवस्थामा पत्रकारहरुले अग्रभागमा खटिएर काम गर्नुपर्दा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै महासंघका अध्यक्ष विपुल पाखरेललाई उक्त मास्क हस्तान्तरण गरेका हुन् ।
बगरियाले पत्रकारहरुका लागि मास्क वितरण गर्दे मास्क वितरण गर्न पाउदा खुसि भएको र आउने दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल पत्रकार महासंघका अध्यक्ष पोख्रेलले निम्बस नेपाललाई मास्क उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरेका छन् । उनले महासंघमा देशभरीबाट १३ हजार भन्दा धेरै पत्रकार आवद्ध रहेको बताए । यस्ता सहयोग आउदा दिनमा पनि हुने पोखरेलले विश्वास व्यक्त गरे ।
महासंघका महासचिव रोशन पुरीले मास्क उपलब्ध गराएको निम्बसलाई धन्यवाद व्यक्त गर्दै कोरोना संक्रमण उच्च रहेका प्रदेशमा क्रियाशिल पत्रकारलाई थप स्वास्थ्य सामाग्रीको सहयोग गर्न आग्रह गरे । उनले महासंघलाई प्राप्त मास्क तथा स्वास्थ्य सामाग्रीहरु प्राथमिकताका आधारमा महासंघको प्रदेश समितिमार्फत सञ्चारगृहलाई उपलब्ध गराइने बताए ।
निम्बस नेपालले हालको परिस्थितिलाई मध्यनजर गर्दै अस्पताल, क्वारेन्टिन सेन्टर, अग्रपंतिमा रहेर काम गर्नेहरु, स्वयसेवक, स्वास्थ्यकर्मी तथा सरकारी निकायलाई प्राथमिकतामा राखेर कम्पनिले उत्पादन गरेको प्रो–टेक्ट को मास्क र स्यानिटाइजर बाड्ने तयारी गरेको जनाएको छ ।
उक्त सेवाका लागि निम्बस नेपालको अनलाइनमा विवरण उपलब्ध गराउन समेत सम्बन्धित निकायहरुसंग आग्रह गरेको छ ।







