थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु, थप ८९६० जनामा संक्रमण पुष्टि

वैशाख, ३० काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप २ सय १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ४ सय ६६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरणका अनुसार नेपालमा थप ८९६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ। ।

यसअघि बुधवार देशभर ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो भने १६८ जनाको मृत्यु भएको थियो ।