भेटेरिनरी प्रयोशालामा पनि अव कोरोना परीक्षण

वैशाख, ३१ काठमाडौं । पछिल्लो समय नेपालमा कोभिड–१९ को संक्रमण दर र मृत्यु दर वृद्धि भइरहेको अवस्थालाई मध्यनजर गर्दै धनगढीमा रहेको पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा पिसीआर परीक्षण हुने भएको छ ।

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले हालै कोभिड–१९ परीक्षण गर्न प्रयोगशालालाई निर्देशन दिएसँगै पिसीआर परिक्षण हुने भएको हो ।

अहिलेको जटिल अवस्थालाई मध्यनजर गर्दै प्रयोगशालाले कोरोना परीक्षण गर्न लागेको हो । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ०७८ वैशाख २१ मा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई पत्राचार गर्दै पीसीआर मेसिन नै उपलब्ध गराइदिन आग्रह गरेको थियो ।

मन्त्रालयको यस्तो निर्देशनपछि प्रयोगशालालाई कोभिड–१९ परीक्षणमा प्रयोग गर्ने तयारी गरिएको छ । तर प्रयोगशालाले आफैंले नमुना संकलन गर्ने नभएर सेती अञ्चल अस्पतालको अनुरोधपछि मात्रै परीक्षण गर्नेछ ।

पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला, धनगढीले सेती अञ्चल अस्पतालको अनुरोधमा कोभिड–१९ परीक्षण गर्न कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयबाट निर्देशन प्राप्त भएको जनाएको छ ।

तर, प्रयोगशालाले भने पशु र मानव स्वास्थ उस्तै भएकाले अस्पताललाई मेसिन उपलब्ध गराउन नसकिने बताएको छ । बरु नमुना परिक्षणका लागि पठाइदिए परिक्षण गराउन सकिने जानकारी गराइएको जनाएको छ ।

फाइल तस्वीर