काठमाडौँ । नेपालको सबैभन्दा ठुलो र चर्चित रियालिटी शो द भोइस ओफ नेपालको सिजन थ्री अहिले कोरोनाका बाबजुद पनि सञ्चालन भइरहेको छ । गायन विधा तर्फको नेपालको सबैभन्दा ठुलो रियालिटी शो मानिने भोइस अफ नेपालको सिजन थ्री मा दार्जीलिङमा बसोबास गर्दै आएकी एक सुरक्षा सेन्चुरी पनि रहेकी छन् । घर दार्जिलिङ भए पनि मनमा नेपालको माया र नेपाली संगीतमा निकै रुचि भएको कारणले गर्दा भोइस ओफ नेपालको यात्रा रोजेको उनी बताउछिन् । उनी यो सिजनको भोइस ओफ नेपालमा उनले त्यो जादुमय स्वरले गर्दा सबै कोचको नजरमा पर्ने सफल भइन् । उनी सुरुको बलाइन्ड अडिसन बाट उनको त्यो स्वरले निणर्यकको मन जितेर ब्याटल राउन्डमा प्रवेश गरिन , ऊनी नेपाली संगीत जगताका हस्ती साथै एक कुशल प्रशिक्षक प्रमोद खरेलको समुहमा सहभागी बन्न पुगिन । यसो त भोइस अफ नेपाल सिजन थ्री मा सबैको नजरमा पुग्न सफल एक दमदार प्रतिस्पर्धि हुन किरण गजमेर । प्रमोदकै समुहमा रहेका किरणको र सुरक्षाको ब्याटल राउन्ड थियोे । प्रशिक्षक प्रमोदले अघिल्लो राउन्डको लागि किरण गजमेरलाई छनोट गरे भने सुरक्षा छ्नोट हुन सकिनन् तर अन्य निणायर्कहरूलाई सुरक्षा लाई लिने विशेष अधिकार थियो । केहि बेर पछि प्रशिक्षक तिर्सना गुरुङले स्टिल गरिन र आफ्नो टिममा समावेश गरिन् र सुरक्षा अघिल्लो नक आउट राउन्डमा प्रवेश गरिन् । यसो त तिर्सनाले भने सुरक्षाको अत्यन्तै समधुर स्वर भएको हुँदा उनलाई छोडन नमिल्ने भन्दै अघिल्लो राउन्डमा देख्न चाहेको हुँदा स्टिल गरेको उनी बताउछिन् । उनै एक प्रतिभा सुरक्षा सेन्चुरीसगँ गरिएको विशेष कुराकानीकाे सम्पादित अंंश

* तपाईंको सांगीतिक यात्रा कसरी सुरु भयो ?
सांगीतिक यात्राको कुरा गर्न हो भने, म सानै छँदा जब देखि होश सम्हाले तबदेखि नै हाम्रो घरमा सांगीतिक माहोल थियाे । घरमा बाबा काकाहरु सबै बजाउने गाउने, मेरो पनि संगीत मै मन भिजेको थियो र यसैबीच म कक्षा ४ मा हुँदा स्कूल कै विभिन्न कार्यक्रममा मैले मेरो प्रथम प्रस्तुति दिएको थिएँ। र यही बाटै मेरो सांगीतिक यात्राको सुरुवात भएको थियो।
*तपाईंको बाल्यकाललाई कसरी लिनु हुन्छ ?
बाल्यकाललाई पछि फर्केर हेर्दा त आँखै रसाएर आउँछ। म आमाको गर्वमा हुँदा नै मेरो बाबा परदेश लाग्नु पर्ने बाध्यता थियो। मेरो जन्म पश्चचात पनि बाबा धेरै नै वर्ष परदेश मै कमाई गर्न पर्यो। आमाले पनि चिया बगानमा एउटा श्रमिकको रूपमा कार्यरत भएर म अनि मेरी बहिनीलाई हुर्काउनु भयो, पढाउनु अनि बढाउनु भयो। हाम्राे कुशल भविष्यको निम्ति बाबा परदेशिनु अनि आमा कममा हिड्नु बाध्यता थियो। बाबा छुट्टीमा घर आउनु हुँदा हामी धेरै रमाइलो गर्थ्यौं। बाल्यकाल यसरी नै दुःख अनि सुख झेल्दै बित्यो।
*तपाईंको शिक्षालाई लिएर तपाईंले के भन्न चाहानु हुन्छ ?
मेरो शिक्षाको कुरा गर्न पर्दा मलाई आफै गर्व लाग्छ। सानैदेखि म पढाईको क्षेत्रमा मेरा अरु साथीहरू भन्दा अघि थिए। कक्षाको परीक्षामा सधैं प्रथम स्थानमा उतीर्ण हुन्थिए । मेरो शैक्षिक योग्यता अनि सांगीतिक योग्यताका आधारमा कक्षा ८ देखि नै विधालयमा कुनै शुल्क नदिएर पढ्न पाएकी थिए । मतलब मलाई विधालयको किताब लगायत अन्य खर्च विधालय नै जिम्मेवार थियो । जसको निम्ति म मेरो विधालयका निर्देशक साथै प्राचार्य नगेन राई सरप्रति धेरै आभारी छु । माध्यमिक तहको शिक्षापछि मैले विज्ञान विषय लिएर नाम चलेको एउटा विधालयमा जोइन गरे। अनि यसैबीच मेरो म गुरु श्री रुपेश रसाइलीसंगको भेट पछि संगीतलाई नै मैले प्राथमिकता दिने सल्लाह भएबापत विज्ञान विषयलाई छाडेर अङ्ग्रेजी विषयमा अध्ययन गरी स्नातक भए अनि अहिले अङ्ग्रेजी मै मास्टर डिग्री गर्दैछु। संसँगै भारतीय शास्त्रीय संगीत (Western Classical Vocals) को प्रशिक्षण पनि लिईरहेकि छु।

*नेपालको चर्चित रियालिटी शोमा तपाईंको यात्रा कसरी सम्भव भयो ?
नेपालको चर्चित रियलिटी शो द भोइस अफ नेपाल(TVON) मा अंश ग्रहण गर्नको निम्ति प्रोत्साहान गर्नेहरूमा चै मेरो दिदी राजनि रिदिम राई अनि वैशाली लामा हुनुहुन्छ जो (TVON)को प्रतियोगी पनि हुनुहुन्छ, उहाँहरूले सामाजिक संजाल अन्य मिडियाहरु मार्फत डिजिटल अडिसन सुरु भएको खबर थाहा पाएर मलाई खबर गर्नुभयो। हाम्राे घरतिर अलि नेटवर्कको समस्य छ । यसैकारण म राजनी रिदम राज दिदीको घर सिल्घुरी गएर (TVON3) को डिजिटल अडिसन दिइएकि हुम् ।
*भोईस ओफ नेपालकै कुरा गर्दा तपाईंलाई आश थियो यहाँ सम्म आउछु भन्ने कुरा ?
भोइस ओफ नेपालमा आइपुग्दा पहिले त एक प्रकारको भए अनि डर त थियो कारण यत्रो अन्तराष्ट्रिय स्तरको रियलिटी शो। बलाइन्ड मेरो त्यस्तो निकै राम्रो भएको थिएन तर मेरो अहिले सम्मको मेरो संगीतप्रतिको लगनशीलता, मेहेनत अनि हाम्रो प्रमोद सर अनि भानुभक्त ढकालको अथक प्रयास, परिश्रम अनि कुशल प्रशिक्षणको कारणले सँगै मेरो ब्याटल राउन्डको जोडी किरण गजमेरको हौसलाले गर्दा मेरो ब्याटल राउन्ड सोचेको भन्दा धेरै राम्रो भयो। त्यो ब्याटल को हाम्रो प्रस्तुति यसरी देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली भाषी श्रोता दर्शकमाझ यति धेरै चर्चाको शिखरमा पुग्न सफल बन्छ भनेर सपनामा पनि सोचेको थिइनँ। ब्याटल राउन्ड प्रसारण भएको दिनदेखि नै म सबैको नजरमा एउटा असल गायिकाको रूपमा अघि आउन सक्षम बने। सोचेको पनि थिइन संसार भरिका हाम्रा नेपाली जनताबाट यति धेरै माया पाउँछु होला भनेर, यति सम्म आउँछ भनेर त एउटा दृढता थियाे तर यस्तो किसीमको प्रसिद्ध र माया पाउँछु भन्ने चै सोचेको थिइनँ।

*तपाईं भोइस ओफ नेपालबाट एक पटक बाहिरिएर पनि फेरि आउनु भयो , कस्तो महसुस हुँदाेरहेछ ?
ब्याटल राउन्डको निर्णय जब प्रमोद सरले लिनु भयो, किरणलाई छान्नु भयो र मलाई अरु निर्णायकलाई जिम्मा दिनु भयो अनि दर्शकमाझ छोड्ने, त्यस समय त पैताला बाट जमिन नैं खसेकाे जस्तै भएको थियो। तरै पनि एउटा कुराको सन्तुष्टि थियो कि भ्वाइस को यो प्रतिस्पर्धा पहिले नै चारै जना निर्णायकको कुर्सी घुमाउन गर्ने अनि फाइनलको समेत प्रबल दावेदार मेरो साथी किरणलाई लाई (Neck to Neck) टक्कर दिन सफल भएक थिएँ। यही कुरो ले स्टेजमा मन बुझाए। अनि बाहिरिन लाग्दा निर्णायक तिर्सना गुरुङले स्टिल गर्नु हुँदा चै खुसीको सीमा रहेन । फेरि नयाँ जीवनदान नैं पाए जस्तो लाग्यो। जसको निम्ति म तिर्सना गुरुङ लगाएत सम्पुर्ण टिम प्रति धेरै भन्दा धेरै आभारी छु।
* यति राम्री पनि हुनुहुन्छ साथै अहिले चर्चामा पनि हुनुहुन्छ , प्रेम प्रस्ताव कत्तिको आउछन् ?
प्रेम प्रस्ताव त आउँछ नै तर त्यो भन्दा बढी चाहिँ किरण अनि मेरो प्रेमको उडन्ते अफवाह ले सामाजिक संजाल नै भरिदिएको छ । श्रोता दर्शकहरुले थरी थरी काे टिकट्क मेस्सेन्जर लगाएत अन्य माध्यमबाट हामीलाई बधाई दिने जीवनभरीकै जोडी हुने सल्लाह दिनेहरूको ताती लागेको छ। किरण अनि म एउटा असल मित्र हौं, अनि यी सबै चर्चाहरु चाहिँ हाम्रो शुभचिन्तकहरूको हामी प्रतिको माया हो।

*अहिले सामाजिक संजालमा तपाईं र किरण गजमेरको विषयमा लिएर निकै नै प्रेमको बारेमा चौतर्फी चर्चा भएको छ ,के यो साचोँ हो , के भविष्यमा यस्ताे सम्भव छ ?
यस्ता अफवाहहरुले कुनै सम्भावना बोकेको हुँदैन। म मेरो सांगीतिक परिप्रेक्ष्यलाई लिएर केन्द्रित छु। अनि मित्रताको अर्थ एक अर्काको निम्ति फैलिएको अंगालो होइन, एउटा दयालु मुस्कान वा त सँगै हुनुको आनन्द पनि होइन। मित्रता त एउटा आध्यात्मिक प्रेरणा हो जब तपाईंले थाह पाउनुहुनेछ कि कसैले तपाईंमाथि अथाह विश्वास अनि माया गर्दछ अनि तपाईंको हरेक पाइलामा साथ रहने अठोट गरेको हुन्छ। यस्तै चोखो सम्बन्धको सीमाभित्र बाँधिएको हुनेछ हाम्रो भविष्य पनि।
*अब नेपालमै बस्न चाहानु भएकाे छ या दार्जीलिङ नै जानुहुन्छ ?
भ्वाइस अफ नेपाल ले मलाई एउटा पहिचान दिलाइदिएको छ, यसको सहि उपयोग गर्दै यो प्रतिस्पर्धापछि म काठमाडौंमा बसेर संगीत नै सिक्छु भन्ने ठानेको छु। आफ्नो केही गीतहरु श्रोता दर्शकमाझ ल्याउने तयारी छु। अब संगीतलाई मेरो मुख्य विषय बनाएर काठमाडौं लाई कर्मथलो बनाउने योजना त गरेकी छु। एकचोटी घर परिवार अनि मेरो गुरु सँग पनि सल्लाह लिन्छु। भाग्यले कहाँ सम्म पुराउने हो अझै थाह छैन् ?
*दार्जीलिङमा के छ तेस्तो जुन नेपाली संगीतक क्षेत्रमा निकै नै अगाडि हुनुहुन्छ ?
दार्जीलिङलाई संगीत साधकहरूको तीर्थ स्थल मानिन्छ, त्यहाँको माटो, हावा, खोला झरनामा संगीत बग्दछ। यसैको असर अनि आशीर्वाद हामी दार्जीलिङबासीमा छ। तपाईं एकचोटी घुम्न जानुभयो भने थाहा लाग्नेछ हाम्रो दार्जीलिङको प्रत्येक घरमा गायक गायिका, संगीतकार पाउनु हुनेछ। घरको एक जना सदस्यले गितार बजाउन जानेकै हुन्छ। एकजना भुटानको मेरो साथीले फोन मार्फत् मलाई एक दिन भनेको, दार्जीलिङकाहरुले त चिया खाजा सँगै गितार बजाएर अतिथिको स्वागत गर्छन् रे नी? मेरो छाती गर्वले फुलियो। हाम्राे दार्जीलिङ यस्तै छ।
* अबको संगीतक यात्रा तपाईंको कस्तो रहेने छ ?
भ्वाइस अफ नेपालको यात्रा मेरो जहाँ सम्म पुगेर टुङ्गिए पनि मेरो सांगीतिक यात्रा जारी नै रहने छ। संगीत मेरो निम्ति तपस्या हो, मेरो पुजा हो। जसरी मानिसहरूले आफ्नो जीवनको अन्तिम क्षण सम्म पनि भगवानलाई पुजिरहेका हुन्छन्, उसरी नै म मेरो अन्तिम क्षण सम्म संगीतलाई नै पुज्ने छु भोइस अफ नेपालले मलाई एउटा पहिचान दिलाइदिएको छ, यसको सठीक उपयोग गर्दै यो प्रतिस्पर्धापछि म काठमाडौंमा बसेर संगीत मै केन्द्रित गर्ने ठानेको छु। आफ्नो केही गीत हरु श्रोता दर्शकमाझ ल्याउने तयारी छु। अब उसो संगीतलाई मेरो मुख्य उद्देश्य बनाएर काठमाडौं लाई कर्मथलो बनाउने योजना त गरेकी छु।
*.संगीतलाई ब्याबसायिक रुपमा लिनु हुन्छ या अरु गर्दै यसलाई पनि अगाडि बढाउनु हुन्छ ?
यदि काठमाडौंले मलाई अवसर अनि आशीर्वाद दिए संगीतलाई नै व्यवसायिक रूपमा अघि लैजाने त सोचेको छु तर हरेक सोचेको कुरो पुग्ने र देखेको सपना साकार हुने त होइन। र पनि एउटा विश्वास र संकल्प लिएर मैदानमा उत्रिने प्रयास गरेकी छु। सुरु मा त केही अरु कामकाज पनि खोज्न पर्ला जस्ले गर्दा काठमाडौंमा बस्न अनि खान पाइयोस्। अनि बिस्तारै आफ्नो सांगीतिक लक्षतर्फ अघि बढ्ने क्रममा आफूलाई तयार पार्ने छु मेरो भाग्य अनि मेहनतमा निर्भर गर्छ, अनि समयले तय गर्नेछ।

*भोइस ओफ नेपालप्रति के भन्न चाहनु हुन्छ ?
भ्वाइस प्रति धेरै आभारी छु। हुन् त भ्वाइस मा आउन भन्दा अघि म हाम्रो ठाँउमा धेरै प्रसिद्धि कमाई सकेको थिएँ तर त्यो त्यही सीमित थियो तर भ्वाइस को एउटा जुन नेपालभर स्कोप छ उसले मलाई एउटा राम्रो गायिका भनेर चिनाई दिइएकोमा म भ्वाइसप्रति धेरै आभारी छु जसको निम्ति सम्पूर्ण भोइस अफ नेपाललाई मुरी मुरी धन्यवाद दिन चाहन्छु।
*तपाईलाई अहिले चिन्ने धेरै छन्र , तपाईंलाई साथदिने साथीहरूलाई के भन्न चाहानुहुन्छ ?
मलाई माया गर्नुहुने फ्यान्स अनि शुभचिन्तहरु साथै साथीहरूलाई यही अनुरोध गर्न चाहन्छु कि, मेरो भ्वाइस को यात्रा जहाँ पुगेर टुंगिए पनि हजुरहरूको न्यानाे माया, आशीर्वाद अनि साथ सधैं नै पाईरहु। मेरो सांगीतिक यात्राको सहभागी भइदिनुस्, मेरो आगामी दिनहरुमा रिलिज हुने गीतहरुलाई हृदयदेखि नै माया गरिदिनुस्। तपाईहरुको शर्तहिन माया नै मेरो सांगीतिक यात्राको निम्ति प्रेरणा अनि हौसलाको स्रोत हुनेछ एउटा सपना सजाएर काठमाडौं आएकी छु, यसलाई साकार हुनमा मदत गर्नुहोस्।







