कोरोना रोकथामका लागि नारायणकाजी श्रेष्ठ विशेषज्ञ चिकित्सकसहित गृहजिल्लामा

जेठ, ३ काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ कोरोना संक्रमण दर बढेको भन्दै विशेषज्ञ चिकित्सकसहित गोरखा(गृहजिल्ला) पुगेका छन् ।

जिल्लामा संक्रमणको भयावह बन्दै गएपछि प्रवक्ता श्रेष्ठ चिकित्सक ,ल्याब टेक्निसिएन र अन्य केही स्वयँसेवक साथीहरुको टोलीलाई गृह जिल्ला लिएर गएका हुन् ।

‘टोलीले संक्रमण फैलिएको क्षेत्रमा पुगेर त्यहाँ फिल्डमै संक्रमणको जोखिममा परेकाहरुको एन्टिजेन परीक्षण लगायतको सेवा गर्नेछ ।

प्रवक्ता श्रेष्ठको नेतृत्वमा काठमाण्डौबाट हिडेको स्वास्थ्यकर्मी सहित पहिलोदिन (आज) जिल्लाको पालुङटार नगरपालिकाको संक्रमित क्षेत्रमा पुगेर लक्षण देखिएका, संक्रमितहरु संग सम्र्पकमा रहेकाहरुको एन्टिजेन परीक्षण गर्ने बताइएको छ ।

त्यस्तै संक्रमित क्षेत्रका नागरिकहरुलाई आवश्यक परामर्श सहित तत्काल आवश्यक पर्ने आबश्यक औषधी स्वास्थ्य सस्थाहरुलाई हस्तारण गरिने श्रेष्ठका ुसोकिय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठ जिल्ला भित्रका संक्रमण फैलिएको स्थानीय तहमा पुगेर स्थानीय सरकारका जनप्रतिनिधि एवं स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुसँग कोभिड नियन्त्रणका बिषयमा परार्मस समेत गर्ने कार्यक्रम रहेको उनले बताएका छन् ।

केहीदिन अघि मात्र गोरखा पुगेर जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकमा सहभागी भई कोरोना रोकथाम र नियन्त्रणमा भएका प्रयास बारे जानकारी लिएर फर्कीएका प्रवक्ता श्रेष्ठ फेरि चिकित्सक र औषधी लिएर गृहजिल्ला पुगेका हुन् । गोरखामा संक्रमितको उपचारका लागि अक्सिजनको अभाव हुनसक्ने भन्दै गोरखा अस्पतालमा निर्माणाधिन अक्सिजन प्लान्ट तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएपछि आइतबार मात्र अस्पतालमा अक्सिजन प्लान्टको मेसिन समेत जडान भइसकेको छ ।

प्रवक्ता श्रेष्ठ नेतृत्वको टोली सिरानचोक गाउँपालिकाको जौवारी, भीमसेन थापा गाउँपालिका, अजिरकोट गाउँपालिकाको भच्चेक, सहित लखन गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका लगायतका क्षेत्रमा पुग्ने कार्यक्रम रहेको थियो ।