कोरोनाः विश्वभर एकैदिन १० हजार ३१२ जनाको मृत्यु, ५ लाख २५ हजार ३९ जनामा संक्रमण पुष्टि

जेठ, ४ काठमाडौं । पछिल्लो विवराण् अनुसार विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १० हजार ३ २ जनाको मृत्यु भएको छ ।

विगत २४ घण्टामा विश्वभर ५ लाख २५ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । केही दिनदेखि विश्वभर कोरोना संक्रमण घट्दो क्रममा रहेको देखिएको छ ।

हालसम्म विश्वभर १६ करोड ४२ लाख ५५ हजार २७ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १४ करोड ४१ लाख ६७ हजार ८८७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

मंगलवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३४ लाख ३ हजार ७०८ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।