कोरोनाः थप ८ हजार ३०५ जनामा कोरोना संक्रमित पुष्टि, ६ हजार ५४३ जना सङ्क्रमणमुक्त

१९० जनाको मृत्यु

जेठ, ६ काठमाडौ. । पछिल्लो विवरण अनुसार वितेका २४ घण्टामा थप ८ हजार ३०५ जनाान कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरि एन्टिजन तथा पीसीआर विधिबाट २२ हजार ८७ वटा परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।

सो अवधिमा १९० जनाको मृत्यु पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बिहीवार सार्वजनिक गरेको तथ्याङ्कमा विगत २४ घण्टामा पनि काठमाडौं उपत्यकामा धेरै सङ्क्रमित फेला परेका छन्।

त्यसैगरी विगत २४ घण्टाको अवधिमा ६ हजार ५४३ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।