आजको मौसम : देशका केही स्थानमा भारी वर्षा हुन सक्ने

भदौ, काठमाडौं । आज दिउँसो देशभर मौसममा सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

अहिले प्रदेश १, २, गण्डकी र प्रदेश ५ का केही स्थानहरू र अन्य प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ।

प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्‍चिम प्रदेशका एक÷दुई स्थानहरूमा भारी वर्षाको अनुमान गरिएको छ।

त्यस्तै आगामी २४ घण्टा प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्‍चिम प्रदेशका एक÷दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।