निषेधाज्ञालाई कडाई पूर्वक पालना गराउन निर्देशन

जेठ, ९ काठमाडौं । गृह मन्त्रालयले निषेधाज्ञालाई कडाई पूर्वक पालना गराउन निर्देशन दिएको छ ।

सबै प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरी उक्त निर्देशन दिएको हो ।

शनिवार सबै प्रजिअलाई कोभिड नियन्त्रणका लागी ‘निषेध आदेशलाई कडाइका साथ कार्यान्वयन गर्न’ सर्कुलर गरिएको गृह मन्त्रालयका .सह–सचिव जनकराज दाहालले जानकारी दिए ।

सरकारले हालै कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–०७८ जारी गरेको थियो । सो अध्यादेश अनुसार प्रमुख जिल्ला अधिकारीको आदेश नमानेर अनावश्यक रुपमा हिँडडुल गर्नेलाई जरिवाना हुने व्यवस्था छ ।

कोभिड–१९ संक्रमण बढेको तर निषेध आदेश उल्लंघन भइरहेको गृह मन्त्रालयको निष्कर्ष छ ।