२९ भदौ, काठमाडौं । वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ९३ हजार २१५ जना संक्रमित थपिएका छन्।
पछिल्लो विवरण अनुसार भारतमा ४८ लाख ४५ हजार तीनजना संक्रमित छन्। नयाँ संक्रमित थपिने दर भने भारतमा निकै बढी छ।
भारतमा हालसम्म ७९ हजार ७५४ जनाको मृत्यु भएको छ।
वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १४० जनाको मृत्यु भएको छ।
यो संख्या अन्य देशको तुलनामा सबैभन्दा धेरै हो। जबकि धेरै प्रभावित हुने देश अमेरिकामा पछिल्लो २४ घण्टामा ३६२ मृत्यु भएको छ भने ब्राजिलमा ३८९ जनाको मृत्यु भएको छ।







