जेठ, ११ जेरूसेलेम । संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लान्केन गाजा युद्धविरामलाई तार्किक निश्कर्षमा पु¥याउने उद्देश्यका साथ मध्यपूर्वको यात्राको क्रममा इजरायल आइपुगेका छन् ।
उनले एक दशकभन्दा बढी समयसम्म अबरूद्ध बनेको बृहत् शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पु¥याउन मध्यस्थताका लागि मध्यपूर्वको भ्रमणमा आएका छन् । प्यालेस्टिनी विभाजन तथा इजरायली कट्टरपन्थी नेतृत्वका कारण जेरूशेलम र वरपरको पवित्र धार्मिक स्थलहरूमा एक दशकभन्दा लामो समयदेखि शान्ति प्रक्रियाका लागि जटिल समस्या बनेको बिषयलाई मिलाउन सहजीकरण गर्नुहुने बताइएको छ ।
केही दिन पहिले रोकिएको ११ दिन लामो गाजा द्वन्द्वका कारण २५० व्यक्तिले ज्यान गुमाएका छन् । मारिनेमा अधिकांश प्यालेष्टिनी परेका र इजरायली तथा प्यालेष्टिनी पक्षबीच भउका रकेट आक्रमणका कारणकम्तीमा १०० महिला तथा बालबालिकासमेतको मृत्यु भएको थियो । दोहोरो युद्धमा गरीव समुद्री तटवर्ती इलाकामा व्यापक भौतिक संरचनाको समेत विनाश भएको थियो । ब्लाइन्केनले इजरायल र पश्चिमी देशहरूले आतंकवादी ठान्ने गाजाका अतिवादी हमास शासकहरू संलग्न नगरी पुनर्निर्माण समन्वयमा ध्यान केन्द्रित गर्ने अपेक्षा राखिएको छ ।







