जेठ, ११ काठमाडौं । उपत्यकामा जेठ २० गतेसम्म लकडाउन बढाइने भएको छ । आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सिडिओ कालीप्रसाद पराजुलीका अनुसार उपत्यकाका तीनवटै जिल्लामा जेठ १४ गते बिहान ६ बजेबाट शुरू हुने निषेधाज्ञा जेठ २० गते राति १२ बजेसम्म कायम रहनेछ।
थप गरिएको अवधिमा खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर लगायतका अन्य पसल पूर्ण रूपमा बन्द गरिने पराजुलीले जानकारी दिए ।
बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यास पसल खोल्न पाइनेछ भने किरानालगायतका पसल खोल्न रोक्ने लगाइने भएको छ।







