जेठ, १४ काठमाडौैं । संसद विघटनविरुद्ध परेको रिटमाथि आज सैवैधानिक इजलासमा सुनुवाई हुँदै छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा ३० वटामध्ये २६ रिट निवेदनमा प्रतिनिधि सभा पुनःस्थापना र संविधानको धारा ७६ को ५ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको छ ।
त्यस्तै बाँकी चार वटा निवेदनमा भने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै निरन्तरता दिनुपर्ने माग गरिएको छ ।
अन्तरिम आदेश माग गरेर दर्ता भएका १९ वटा रिटलाई बिहिबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले संवैधानिक इजलासमै पठाउने आदेश दिएका थिए ।







