जेठ, १४ काठमाडौं । पछिल्लो समय नेपालमा वितेका २४ घण्टामा ६ हजार ८५५ जना कोरोाना संक्रमित थपिएका छन् ।
विगत २४ घण्टामा २०,११० जनाको पीसीआर र एन्टिजन विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेको शुक्रवार मन्त्रालयले जनाएको छ।
अहिले सङ्क्रमण पुष्टि हुनेभन्दा निको हुने मानिसको सङ्ख्या बढी देखिएको छ। सो अवधिमा ९,८४१ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा ९६ जनाको निधन भएको छ।







