जेठ, १५ काठमाडौं । आज मन्त्रीपरिषद्को बैठक बस्दै छ । बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
अहिले बिहान ११ बजे बस्ने बैठकमा शुक्रबार अबेर राति अन्तिम रूप दिएको बजेटका सबै दस्ताबेज पेस हुँदैछ ।
मन्त्रिपरिषद् बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्नेछ र राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी गरिएको छ ।







