जेठ, १६ काठमाडौं । कांग्रेसका सभापति शेरबशादुर देउवालाई प्रधानमनत्री बनाउनु पर्ने मागसहितको १४६ जना सांसदले दिएको रिटमा आज सर्वोच्च अदालतमा बहस हुँदै छ ।
विघटित प्रतिनिधिसभाको पुनःस्थापना र संविधानको धारा ७६(५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग सहित १४६ सांसदले सर्वोच्च अदालतमा हालेको रिटमा आज बहस हुदैछ ।
रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज बहस हुने भएको हो ।
दायर गरिएको रिटमा मन्त्रिपरिषद्को सिफारिसमा कात्तिक २६ गते र मंसिर ३ गतेका लागि राष्ट्रपतिद्वारा घोषणा गरिएको चुनाव तत्काल कार्यान्वयन नगराउन अन्तरिम आदेशको माग गरिएको ।







