जेठ, २१ काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको । जसपाको राजेन्द्र महत्वसकित १० जना सरकारमा जाने भएपछि आजै सपथ ग्रहण हुने भएको छ ।
राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, एकवाल मियाँ र रेनुका गुरुङ सरकारमा जान लागेका हुन।
यसमध्ये आठजना मन्त्री दुईजना राज्यमन्त्री हुनेछन। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजेन्द्र महतो, जलस्रोत तथा सिँचाई मन्त्रालयमा शरतसिंह भण्डारी, शहरी विकास मन्त्रालयमा अनिलकुमार झा, खानेपानी मन्त्रालयमा विमल श्रीवास्तव र युवा तथा खेलकुद मन्त्रालयमा उमाशंकर अरगरिया जाने लगभग तय भएको छ।







