पाँचथर समाज काठमाडौं नेपालले आइतबार स्वास्थ्य सामग्री जिल्ला पठाउँदै, काठमाडौंमा भएका पाँचथरेलीलाई सहयोग अभियान सुरु

जेठ, २१ काठमाडौं । पाँचथर समाज काठमाडौं नेपालले कोरोनाविरुद्धको स्वास्थ सामग्री आइतबार जिल्ला पठाउने तयारी गरेको छ । महामारीको समयमा जिल्ला बासीलाई सहयोग गर्ने हेतुले कोषनै खडा गरी सहयोग अभियान सुरु गरेको समाजले अक्सिजनसहित समाग्री पठाउन लागेको हो ।

समाजले पाँचथरका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर जिल्लामा अति आवश्यक परेका सामग्रीहरु अक्सिजन कन्सर्नट्रेटर, एन्टीजेन कीट, पल्स अक्सिमिटर पठाउन लागिएको तावाले बताए । उक्त सामग्रीहरुसँगै पीपीइ, मास्क ३० हजार थान, सेनिटाइजरलगायत अन्य स्वास्थ सामाग्री समेत पठाउन लागिएको जानकारी दिए ।

यस अधि उक्त सामग्रीहरु बुधबारनै पठाउने भनिएपनि चिनबाट मगाईएका केही सामग्रीहरु आउन ढिलाई भएकाले आइतबार पठाउन लागिएको समाजका महासचिव लक्ष्मीराज तावाले जानकारी दिए ।

साथै, समाजले महामारीको समयमा काठमाडौंमा नै बसेका र अफ्टेरोमा परेका पाँचथरेली दाजुभाइहरुलाई सहयोग अभियानसमेत सुरु गरेको छ । समाजले बुधबारबाटै अभियान सुरु गरेको तावाले जनाकारी दिए । उनका अनुसार अहिले सम्म क।िव २५ परिवालाई सहयोग गरिसकेको समेत बताए ।

उनले यस महामारीको अवस्थामा कोहि अप्ठेरोमा परे निम्न फोन नम्बरहरुमा सम्पर्क गनए पनि अनुराध गरेका छन् ।

सम्पार्क न. ९८५१०१८१६७
९८५११७०३३७
९८५१००८५१५