जेठ, २२ काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षको स्थायी कमिटी बैठक आज बस्दै छ । दिउसो १ बजे स्थायी कमिटी बैठक बोलाईएको स्रोतले जनाएको छ ।
माधव पक्षको दुई दिन केन्द्रीय कमिटीको बैठक बसेको थियो । बैठकले पार्टी एकता बचाउनको लागि केपी शर्मा ओलीसँग वार्ता गरिरहने भएपनि उनको भर पर्नु नहुने निष्कर्ष निकालेको थियो । तुरुन्त अर्को पार्टी दर्ता गर्ने र वार्ताको प्रयास गर्ने दुईथरी मत प्रकट भएका थिए ।
स्थायी कमिटी बैठकले पनि माधव समुहको आगामी दिशा र रणनीतिको सम्बन्धमा छलफल गर्ने जनाइएको छ ।







