भदौ २९, काठमाडौं ।
प्रहरीले बलात्कार आरोपमा विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । तीन बेग्लाबेग्लै घटनामा पक्राउ परेका तीनै जनामाथि किशोरीलाई बलात्कार गरेको अभियोग छ ।
पक्राउ पर्नेमा रौतहटका २० वर्षिय राजेश साह सोनार छन् । उनले गोनाही नगरपालिकाकी एक १४ वर्षिया बालिकालाई बलात्कार गरेको प्रहरीको आरोप छ । उनले भदौ २२ गत्ते उक्त बालिकालाई बलात्कार गरेका थिए ।
सुनसरीमा पनि १५ वर्षिया किशोरी बलात्कारको आरोपमा भोजपुर घर भइ इटहरी बस्दै आएका युवक पक्राउ परेका छन् । २१ वर्षिय प्रतीक राईले गत मंगलबार उक्त युवतीलाई जबरजस्ती करणी गरेको पीडिताको आरोप छ ।
यसैगरी ओखलढुंगामा १७ वर्षिय किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीले २८ वर्षिय राजु तामाङलाई आइतबार नियन्त्रणमा लिएको छ । तीनै घटनामा थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







