किरियामा बसेको समय ग्यास लिक भएर आगलागि हुँदा जलेर घाइते भएकी चनमायाको निधन

जेठ, २६ पाँचथर । सोमबार फिदिम नरपालिकामा ४ स्थित जोरसालमा किरियामा बसेको घरमा आगलागि भएर घाइते भएकी चनमाया सापकोटाको निधन भएको छ । उनी आफ्नो श्रीमान भगिरथको किरियामा बसेकी थिइन् ।

किरियामा बसेको घरमा ग्यास लिक भएर आगलागी हुदा उनीसहित तीन जना घाइते भएका थिए ।

आगलागीबाट सापकोटाको अवस्था गम्भिर भएपछि उपचारको लागि मेची अस्पताल भद्रपुर लगिएको थियो ।

उनको मेची अस्पताल भद्रपुरमा निधन भएको हो । छोराहरु ४९ वर्षीय दिनानाथ र ३२ वर्षीय मदन सापकोटाको पनि मेची अस्पताल भद्रपुरमै उपचार भइरहेको परिवारले जनाएको छ ।

मृतक सापकोटालार्इ अहिले अन्त्येष्टिका लागि फिदिम ल्याइदै गरिएको बुझिएको छ ।