पूर्वमहालेखा परीक्षक अधिकारीको निधन

जेठ, २७ काठमाडौं । पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षका उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ ।

निजामती सेवामा लामो अनुभव हासिल गरे अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव पनि भएका थिए । उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेखेका छन् । उनका दुई छोरा र एक छोरी छन् ।