माधव समूहले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक

असार, ३ काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् । उनले आफू निकट स्थायी कमिटी सदस्यहरुको भर्चुअल बैठक बोलाएका हुन् ।

बैठक केहीबेरमा सुरु हुँदैछ । वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना, देशभर भइरहेको बाढी पहिरोको प्रकोप लगायतबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ ।