कोरोना अपडेटः थप २ हजार ६०७ जनाको संक्रमण पुष्टि, थप ३९ जनाको मृत्यु

असार, ३ काठमाडौं । पछिल्ले विवरण अनुसार नेपालमा थप २ हजार ६०७ जनामा कोरोना पुष्टि भएको छ । यो विवरण वितेका २४ घण्टाको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १२४८४ जनाको पीसीआर परीक्षण गरिएकोमा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन।

आज थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा ५७० जना छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४१३, ललितपुरमा १२१ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा २१४१ जना कोरोना संक्रमणमुक्त भएका छन।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ३९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५९७ पुगेको छ।