भदौ ३०, काठमाडौं ।
प्याजको थोक मूल्य बढेको छ । कालीमाटी तरकारी तथा फलफूल बजारमा मंगलबारदेखि प्याजको मूल्य बढेर ७५ रूपैयाँ प्रतिकेजी पुगेको छ ।
व्यवसायीहरूका अनुसार भारत सरकारले कुनै पनि देशमा प्याज निर्यात नगर्ने निर्णय गरेका कारण त्यस्को प्रत्यक्ष असर नेपाली बजारमा देखिएको हो । सोमबारसम्म प्याज प्रतिकेजी ४० देखि ६० रूपैयाँका दरले बिक्रि भइरहेको थियो ।
भारत सरकारले सोमबार गरेको यस निर्णय पछि अब प्याजको भाउ बढ्दै जाने आँकलन व्यवसायीहरूको छ । खुद्रा बजारमा अब यसको मूल्य बढेर ९० देखि ११० रूपैयाँसम्म पुग्न सक्ने आँकलन गरिएको छ ।







