आज ४ हजार २० जनाले कोरोना जिते, २ हजार ७६८ जनामा संक्रमण पुष्टि

४४ जनाको मृत्यु

असार, ४ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप २ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३७ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन।

यस्तै सोही अवधिमा ४४ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार आज ४ हजार २० जनाले कोरोना जितेका छन्।

आज देशभरिमा थपिएका कोरोना संक्रमित मध्ये उपत्यकामा मात्रै आज थप ५ सय ८ जनामा संक्रमण पुष्टि भएको छ।