असोज, ७ काठमाडौं । २४ घण्टाको विवरण अनुसार नेपालमा थप २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको ६ हजार ५८३ पीसीआर परीक्षणमा १ हजार ५८४ जनामा कोरोना पुष्टि भएको हो। यसैगरी, ४ हजार ३२१ एन्टिजेन परीक्षणमा ७१३ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । त्यस्तै, भने ३ हजार १३० जना कोरोना संक्रमणमुक्त भएका छन।
यस्तै, पछिल्लो २४ घण्टामा ४६ जनाको मृत्यु भएको छ।







