भदौ ३०, काठमाडौं ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले नेकपा नेता वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रूपमा मनोनित गर्ने निर्णय गरेको छ । उक्त दलका वरिष्ठ उपाध्यक्ष समेत रहेका नेता गौतमलाई राष्ट्रियसभमा लाने निर्णय भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
उनी राष्ट्रियसभामा जानका लागि लामो समयदेखि कसरत गरिरहेका थिए । पटक पटक प्रधामन्त्री तथा नेकपाका एक अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाटका क्रममा थिए ।
पछिल्लो समय सरकारले नै मनोनित गरेको पूर्व अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल समाप्तिपछि सभामा उक्त स्थान रिक्त थियो । सोमबारको बैठकले उक्त स्थानमा गौतमलाई लैजान राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो ।







